म त यात्री

 म त यात्री।


छन् मेरा साथीहरू धेरै,तर जानू छ एक्लै पर
समय भन्दा बलवान् यो ससारमा कोनै छ र?
आज छौँ यहाँ भलिको कसलाई थाहा छ र?
अस्थिर यो संसारमा अजम्बरि को नै छ र ?

टुटेरै जान्छ माया एकदिन सबैको,सत्य हो भन्छ
चुडेरै लान्छ माया एक दिन सबैको सत्य हो भन्छ।
टुटी जाने माया र फुटि जाने संसार हे भगवान्
तिमीले बनायौ किन , यो मनले सँधै भन्छ।

माया नहुँदापनि मनिस निर्जीव सरह बन्छ
टुट्दा यो माया मनिस फेरि निर्जीव नै रहन्छ।
जन्मनु  र मर्नु त धुर्व सत्य हो ज्ञानले भन्छ
सत्य भएपनि यसलाई मान्दिन मनले भन्छ।

सत्य किन सँधै यति तितो र तीखो हुन्छ
कायलै बनाउने यतिसारो निर्दयी  किन हुन्छ।
किन यो सत्य यति डरलाग्दो र भयङ्कर बन्छ
भयङ्कार सहासीहरु पनि भुसुना सरह बन्छ।।

मनले जतिसुकै हिम्मत गरेपनि केनै सीप लाग्दोरछ
भेटाउने छुट्टाउने समयको अघि हाम्रो केनै चल्दोरछ।
यी ज्ञान भएपनि त्यो परको भबिष्यको अन्धकार देखेर
सँधै मनभित्र एक किसिमको डरको लहर चल्दोरछ।

अनि ...म हराउन खोज्छु अनि
अन्धकारमा हराउने डरले ज्ञानको सहारा लिन्छु
अन्धकारै भएपनि निरन्तर पाईला चल्छु।
आत्मा अमर छ शरीर समय अनुसार फेर्छु।
निरन्तर  यो यात्रमा संधै  फेरि भेट्छु फेरि छुट्छु
फेरि भेट्छु फेरि छुट्छु.............।

No comments: