मन मेरो ❤️
मन मेरो ❤️
धेरै दिन भो के भइ राछ मलाई ?
न त चिन्ता छ न सोक छ मलाई
सिमलको भुँवा जस्तो भइ म
उडिरहेछु लगातार आकाश छुनलाई।।
धेरै दिन भो के भइ राछ मलाई?
न हिजो न भोलीको चिन्ता छ मलाई
सुकेको सिन्का जस्तो भइ म
बगीरहेछु लगातार समुद्र भेट्नलाई।।
किन यस्तो भो के भइ राछ मलाई?
अर्धचेत भइ जलमा निदाईरहेछु
शान्त शितल एकान्त जलमाथि
आफैलाई लगातार बिर्सदै गइरहेछु।।
यो कस्तो अवश्था हो थहा छैन मलाई
पुग्छु कुन ठाउँमा पत्तो छैन मलाई
घुमिरहेछु समयको चर्खा सँगसँगै
हृदयमा केवल सँधै पारुहाङ् सझाई।।
No comments: