समय र साथ

 


आज परिवारको जमघटक‍ो साँझमा

कैयौं ताराहरुबीच जुनको अभावमा।।


सानासाना जुनकीरी नाच्दै अँध्यारोमा
थोरै उमङ्ग छरिदिन्छ जमेको यो मुटुमा।।


समय फरक धेरै फरक हरेक त्रुटिमा
समय र परिवर्तन स्विकार्छु यो मनमा।।


हिजो तिमीलाई देख्थे मात्र तिमीमा
आज तिम्रो बास भाछ सारा प्रकृतिमा।।

No comments: