आज पनि सपना फेरि तिमीलाई देखे
आज पनि सपनामा फेरि तिमीलाई देखेँ
सपना मात्रै हो यो भन्ने पनि बिर्सिए ।
धेरै दिनपछि देख्दा मेरो मन खुसी थियो
त्यहि खुसीमा एकैछिन दुःख बिर्सिए।।
गर्नुथियो तिम्रो सेवा धेरै मैले सम्झिए
पारिवारिक खुसी दिनुथियो सम्झिए।
पहाडको घरमा बिहानै रोटी र अचार
बेलुकी ढिडो खुवाउनु थियो सम्झिए।।
मेरो संगिनीसँग पनि भेटाउनु थियो
तिम्रो पाउ छुएर आशिर्वाद लिनुथियो।
मेरो सन्तनहरुसँग खेल्ने रहर थियो
धेरै कुराहरु मैले एकैसाथ सम्झिए ।।
लुम्बिनी,पशुपति अनि पोखरा सम्झिए
आमा...फेरि पाथिभरा जानुथियो सम्झिए।
यी कुराहरु सम्झिँदै तिम्रो सिरानी मिलाए
तिमी अहिले सुतिरहेको छौ भनि सम्झिए।।
एककासी फोन बजे छ ,4:30 अलार्मको
अनि गहिरो निन्द्राबाट अचानक झस्किए।
एकैछिन त्यो अर्कै संसारको अनुभावले
मैले मेरा ती धेरै अधुरा सपनाहरू सम्झिए।।
No comments: