तिमीलाई कस्तो छनी ?

 



परिवार देखी टाढा छौ,
तिमीलाई कस्तो छनी?
घरदेखी टाढा भाको छौ,
तिमीलाई कस्तो छनी?

पानी पर्दा टाउको लुकाउने
घरको छानो छ की छैन ?
एक्लै जङ्गलमा बस्दा खेरि
तिमीसँग साथी छ की छैन?

भोक तिर्खा लाग्दा तिमीलाई
खाना र पानी छ की छैन?
परिवार सम्झेर सुर्ता मान्दा
मन भुलाउने छ की छैन?

एकान्तमा तिम्रो घर छेउ
अरु छिमेकीहरु त छनी?
परिवारको हालचाल बारे
सुनाउने खबरी त छनी ?

तिम्रो यो एक्लो यात्रमा 
मेरो सम्झना सारथी बनुन्।
तिम्रो बाटोको अडचनहरु
सबै फुलहरुझै कोमल बनुन्।।

No comments: