अब मेरो आमा हाँसेेको हेर्न मन छ।
सिंहदरबार बनाएको हेर्ने मन छ ।
के युवा, के बुढा आफ्नो देशलाई
हाँसीहाँसी श्रमदान गरेको हेर्न मन छ।।
अनी बनेको सिंहदरबार सबैको मनमा
तिन करोड नेपालीको साझा दरवार बन्छ।
तब मेरो यो देशमा दाजुले भाई मार्दैन
नेपालीलेनै नेपालीलाई अन्याय गर्दैन ।।
नेपाल आमा रोएको छ हिजोको घटनाले
आफ्नै सन्तानहरु मारामार गर्नाले ।
आमाको आँसु मेटाउन हामी मिल्नै पर्छ
देशको मुहार फेर्न अब हातेमालो गर्नैपर्छ।।
अब त रोकौँ तोडफोड,हिंसा र आगजनीहरु
फुँकौ शान्तिको शंख र राष्ट्रिय धुनहरु ।
तिमी उठाउ एउटा ईट्टा म उठाउछु अर्को
अनी फेर्नुपर्छ देशको मुहार र गाउँ घरको।।
अब मलाई मेरो आमा हाँसेेको हेर्न मन छ।
अब मलाई मेरो आमा हाँसेको हेर्न मन छ।
No comments: